INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बुटवल उपमहानपा–१४ वेलभोरिया की ४१ वर्षीया सुखसरी विकको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति ३९ वर्षीय राजु टमाटा विकलाई मङ्सिर १७ गते घरबाट गिरफ्तार गरेको छ ।

पत्नीलाई आरोपितले मङ्सिर १० गते राती मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा घटनास्थलमा ढल्नु भएको थियो । घाइतेलाई  लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मङ्सिर ११ गते पुर्याएका थिए । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।

घटनाका विषयमा सुरूमा कालगतिले मरेको भने पनि इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गर्दै जाँदा घटना शङ्काष्पद भएको भन्दै अनुसन्धान गरिरहेको थियो ।

पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको डिएसपी दानबहादुर थापाले  बताउनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर ११ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरी सोही दिन छोरीलाई शव बुझाइएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका फरेन्सीक डाक्टर बिप्लब महर्जनले मृतकको शरीर भरी एक सय भन्दा बढी निलाडाम भएको र कुटपिटको कारणले मृत्यु भएको बताउनु भयो ।

अन्य

भिडियो