लेकाली भेगमा हिमपात पर्न थालेपछि भूकम्प पीडितको जनजिवन कष्टकर बन्दै भएको छ । बारेकोट गाँउपालिका–१ रामिडाँडा लगाएत सबै वडा र कुशे गाउँपालिकाका ९ आटै वडामा हिमपात पर्न थालेको हो ।
भूकम्पले घर भत्किएरपछि त्रिपालमुनि बस्दै आएका पीडितले न्यानो अस्थायी आवास नभएपछि चिसो मौसमको समयमा हिमपात हुन थालेपछि भूकम्प पीडितहरु समस्यामा परेका छन् ।
घरवासविहिन भएपछि न्यानो कपडा र बास नपाएपछि रात र छाक काट्न समस्या झेलेका पीडितहरु हिमपात हुन थालेपछि जिवन बचाउन समेत कठिन भएको छ । लत्ता कपडा प्रयाप्त मात्रामा नभएपछि घर भित्र आगो तापेर बस्ने गरेका छन् । भूकम्पले घर क्षतिग्रस्त भएर घरवासविहिन भएका पीडितहरु खुल्ला आकाशमुनि राहतबाट पाएको एक सरो त्रिपाल, राहत सामाग्रीले छाक र रात काट्न बाध्य भएका छन् ।
एक त चिसो त्यसैमा पानी र हिमपात पर्न थालेपछि भूकम्प प्रभावित क्षेत्रका नागरिक त्रसित बनेका छन् । चिसो मौसम भएपछि आकाश सफा थियो बाहिर आगो बालेर बसेका थियो पानी र हिमपात शुरु भयो कसरी रात दिन विताउने हो समस्या भएको कुशे गाँउपालिका–७ का राजेन्द्र सिहले बताउनु भयो ।
