INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपितविरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता

सिमकोट गाउँपालिका–४ बुराउँसेका ६५ वर्षीय पर्वते कामीलाई सोही ठाउँका ३५ वर्षीय राजिन लामाले डुम भनेर जातीय विभेद गरेको आरोपमा मङ्सिर १७ गते पीडितले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपितले मङ्सिर १६ गते डुम भनेर अपशब्द बोल्दै जातीय विभेद गरेको र आफ्नो परिचयपत्र (आइडी कार्ड) समेत खोसेर लगेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएको ग्वारखटु सामुदायीक वन बुराउँसेका चौकीदार समेत रहेका पीडितले बताउनुभयो ।

उक्त सामुदायिक वनबाट कोही कसैले दाउरा लगेमा एक भारी पाँच सय रुपियाँ तिर्नु पर्ने नियम हुँदा पनि आरोपितले लगेको दुई भारी दाउराको मुल्य तिर्न भन्दा आफूलाई डुम भन्दै अपशब्द बोलेको पीडितले आरोप लगाउनु भयो।

घटनाका विषयमा दुवै पक्षलाई बोलाएर छलफलको लागि प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका  इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

अन्य

भिडियो