INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले  नेपाली सेनाको सन्दी प्रसाद गण लमजुङ्गमा कार्यरत २६ वर्षीय मदन मगरविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दर्ता गराएका छन् ।

पीडितलाई आरोपितले ०७९ माघ १२ गते बलात्कार गरेर सम्पर्क विहीन भएको भन्दै  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएको र आरोपितको खोजी भइरहेको डिएसपी भट्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो