INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ३७ वर्षीय ससुरालाई चौतारा बजारबाट प्रहरीले ०८० मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ८ गते बिहान घरमा बत्तिको चिम निकाल्न खोज्दा पछाडिबाट आएर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराइले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते चौतारा अस्पतालमा भयो ।

अन्य

भिडियो