INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  रुकुम पश्चिम जिल्ला आठविसकोट नगरपालिका–१३ घर भइ बाँके जिल्ला कोहलपुर नगरपालिका–११ बस्दै आएका ३२ वर्षीय मनबीर पुनलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उज्वल चन्दले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ  ।

अन्य

भिडियो