INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गणेशबहादुर रावल नेतृत्वको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । महिलाको मङ्सिर ८ गते हत्या भएको सोही दिन खबर प्राप्त भएको इन्स्पेक्टर रावलले जानकारी दिनुभयाे ।

महिलामाथि बन्चरो प्रहार गरी हत्या गर्ने आरोपित मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् ।

मृतकको शव  जिल्ला अस्पतालमा ल्याइएको र पोष्टर्माटम मङ्सिर १० गते हुने बताइएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर रावलले बताउनुभयो ।

अन्य

भिडियो