७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई ०८० मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गाैशालाले गिरफ्तार गरेको छ ।
आरोपित गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमी विद्यालयका संचालक तथा शिक्षक साह विरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको इष्पेक्टर मनोज कुमार यादवले जानकारी दिनु भयो ।
पीडितलाई मङ्सिर ७ गते ४० रुपियाँ दिएर ललाईफकाई गरी टिफिनको समयमा आरोपितले बलात्कार गरेको पीडितको भनाइ रहेकाे छ । त्यस्तै, विद्यालयबाट घर फर्के पछि पीडितकाे अवस्था सामान्य नरहेको कारण प्रहरीले पीडित पक्षबाट घटनाबारे सूचना पाए लगतै आरोपित साहलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताउनु भयो । साथै महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको डिएसपी गिरीले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षणका मङ्सिर ८ गते प्रादेशिक अस्पताल जलेश्वरमा गरीएको छ ।