१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-५ का २१ वर्षीय राजककुमार बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ ।
पीडितलाई आरोपितले मङ्सिर ४ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तथा सुचना अधिकारी धर्मेश यादवले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । आरोपितलाई प्रहरीले मङ्सिर ५ गते घरैबाट गिरफ्तार गरेको इन्स्पेक्टर यादवले इन्सेकलाई बताउनु भयो ।