INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पबाट ज्यान गुमाएका परिवारलाई सरकारले दियो दुई लाखका दरले राहत वितरण

भूकम्पमा परी मृत्यु भएका घरपरिवारलाई सरकारले प्रति मृतक दुई लाखका दरले मङ्सिर ६ गते रकम वितरण गरेको छ ।

विनाशकारी भूकम्पबाट ज्यान गुमाएका घरपरिवारलाई सरकारले नगद सहयोग गर्ने घोषण गरे अनुसार वितरण गर्न थालेको  हो । भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुशे गाउँपालिकाका ४९ घरपरिवारका ७७ जना मृतक परिवारका आफन्तलाई एक करोड २७ लाख रुपियाँ वितरण गरिएको छ ।

नेपाल सरकारबाट जिल्ला दैवी प्रकोपको खातामा जम्मा भएको रकम भेरी नगरपालिकाका १४ घरपरिवारका २० मृतकका परिवारलाई ३५ लाख,नलगाड नगरपालिकाका ३२ घरपरिवारका ५० जना मृतक परिवारलाई ८२ लाख, छेडागाड नगरपालिकाका एक घरपरिवारका एक जना मृतकलाई दु्ई लाख,कुशे गाउँपालिकाका २ घरपरिवारका छ जना मृतक परिवारका आफन्तलाई आठ लाख गरी जम्मा १ करोड २७ लाख रुपैया वितरण गरिएको छ । भूकम्पका कारण एउटा घरमा दुई जना भन्दा बढीले ज्यान गुमाएको हकमा प्रति मृतक थप एक लाखका दरले बुझाएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

त्यसैगरी भेरी नगरपालिकाका १५ घरपरिवारका २१ मृतकका परिवारलाई ३७ लाख, नलगाड नगरपालिकाका ३६ घरपरिवारका ५५ मृतकका परिवारलाई ९१ लाख,छेडागाड नगरपालिकाका एक घरपरिवारका एक जना मृतकका परिवारलाई दुई लाख र कुशे गाँउपालिकाका तीन घरपरिवारका सात जना मृतकका परिवारलाई दश लाख मङ्सिर ६ गते वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताए । भेरी, नलगाड, छेडागाड र कुशे गाँउपालिकाका ५५ घरपरिवारका ८२ मृतकका परिवारलाई एक करोड ४० लाख वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार  भूकम्पबाट ज्यान गुमाएका मृतकका घरपरिवारलाई मङ्सिर ५ गते दुई लाखका दरले सम्बन्धित स्थानमा पुगेर वितरण गर्न थालिएको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नलगाड नगरपालिकामा पुगेर मृतकका आफन्तलाई बुझाएका छन् ।

भूकम्पले क्षतिग्रस्त घर पुननिर्माणको लागि रकम नआएपछि दिन सकिएको छैन । स्थानीय सरकारले घरको क्षतिको विवरण सङ्कलन दैवी प्रकोप समितिमा नआएपछि अस्थायी बासको लागि दिन ५० हजार रुपियाँ वितरण भएको छैन । स्थानीय सरकारले घरको सम्पुर्ण क्षति  जिल्ला प्रशासन कार्यालयमा पेश भएपछि मात्र वितरण गरिने प्रमुुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

सरकार र दातृ निकायबाट जिल्ला दैवी प्रकोप राहत तथा उद्धार समितिमा सङ्कलन भएको सामाग्री प्रभावित क्षेत्रमा पठाइसकेका छौ, अत्याधिक चिसो हुने लेकाली भेगका जनतालाई चिसोबाट बचाउन कोषमा भएको बाँकी राहत सामाग्री स्थानीय सरकारले मागको मागका आधारमा पठाइराखेको प्रशासकिय अधिकृत शर्माले बताउनु भयो । सरकारले प्रभावित क्षेत्रका लागि पठाएको सामाग्री छिटोछरितो सम्बन्धित स्थानमा पुर्याउन खटिएको प्रशासकिय अधिकृत शर्माले बताउनुभयो ।

राहत वितरणको काम अन्तिम चरणमा भएकाले स्थानीय तहले भत्किएका र चर्किएका बस्न मिल्ने नमिल्ने घरको विवरण पेश गरेपछि दोस्रो चरणमा प्रवेश गर्ने उहाँले बताउनुभयो ।

एकसरो कपडाले चिसो नछल्ने भएपछि समस्यामा परेका सर्वसाधारण न्यानो बासका लागि अस्थायी टहरा निर्माण गरिदिए खुसी हुने भेरी नगरपालिका–१ का विर्मि खडकाले बताउनुभयो। त्रिपालमुनिको बसाई र लेकाली भेगमा अत्याधिक चिसो बढेपछि नागरिक बिरामी पर्ने सम्भावना बढेको छ ।

Photo20231123Jajarkot (1)

Photo20231123Jajarkot (2)

अन्य

भिडियो