१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको दोरम्बा गाउँपालिका-२ का ३१ वर्षीय चेतबहादुर विश्वकर्मालाई प्रहरीले ०८० मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते ललाई फकाई जङ्गलमा लगि बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, बनेपामा उजुरी दियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते धुलिखेल अस्पतालमा भयो ।