INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१५ का २१ वर्षीय सुवास पुलामीलाई  मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर मङ्सिर ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए ।

उजुरीका आधार आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।

अन्य

भिडियो