INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

महावै गाउँपालका–७ की २७ वर्षीया रमित उपाध्याय अधिकारीले आफूलाई ३५ वर्षीय पति गोविन्द अधिकारीले मानसिक यातना दिनुका साथै घर निकाला गरेको आरोपमा मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितले मङ्सिर ३ गते मार्ने धम्की दिनुका सार्थै घर छोड्न धम्की दिएर घर निकाला गरेपछि पीडितले आरोपितविरुद्ध उजुरी दिनुभएको हो ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपछि अनुसन्धानका लागि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले बताउनुभयो ।

अन्य

भिडियो