INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भंगहा नगरपालिका–३ का २१ वर्षीय रहमद साफिविरुद्ध पीडित पक्षले ०८० मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी मङ्सिर ५ गते दर्ता गरिएको छ ।

घर नजिकैको चौरमा असोज १० गते बेलुका ७ बजेको समयमा शौच गर्न गएका पीडितलाई आरोपितले बलात्कार गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएको पीडितले बताउनु भयो । त्यस्तै, कात्तिक २८ गतेका दिन १ बजे गाउँ नजिकैको धान खेतमा एक्लै घाँस काट्न गएका पीडितलाई कुटपिट गर्दै  हात खुट्टा बाँधेर आफ्नो नियन्त्रणमा लिई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र खड्काले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षणका मङ्सिर १ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी दिलिप कुमार गिरिले बताउनु भयो ।

अन्य

भिडियो