INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सैनामैना नपा–५ का ४९ वर्षीय कृष्ण प्रसाद चालिसेलाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक  ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडितले  मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

अन्य

भिडियो