INSEC Online

📅 २०८३ जेष्ठ २१

नगरपालिकाका कृषि प्राविधिकमाथि दुर्व्यवहार गर्ने विरुद्ध उजुरी

व्यास नगरपालिकाका कृषि प्राविधिक ३२ वर्षीय मोहन बिकमाथि कात्तिक २१ गते व्यास नगरपालिका–९ का ३५ वर्षीय शुक्रजंग सुनारले दुर्व्यवहार गरेको भन्दै कात्तिक २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

व्यास नगरपालिकाले कृषकहरुका लागि उपलब्ध गराएको ५० प्रतिशत अनुदानको आलुको बीउ बितरणको लागि वडा नम्बर ९ तर्फ जाँदै गर्दा आफूलाई सुनारले डाँडाचौर भन्ने स्थानमा बाटो छेकेर हातपात र दुर्व्यवहार गरेको पीडित बिकले जानकारी दिनु भयो ।

व्यास नगरपालिकाको वडा नम्बर ७ र ९ का विभिन्न टोल विकास संस्था मार्फत किसानले माग गरे अनुरुपको आलुको बीउ बितरण कार्यक्रम अन्र्तगत आफू त्यस क्षेत्रमा खटिएको विकले बताउनु भयो ।

उक्त घटनाबाट आफ्नो पेशागत र शारिरीक सुरक्षाको प्रत्याभूति नभएको र मनोबल कमजोर भएको हुँदा दोषीलाई कारवाही गर्न उजुरी दिएको विकले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इन्स्पेक्टर मोहन खड्काले अभद्र व्यवहारमा उजुरी दर्ता गरि कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

अन्य

भिडियो