अखाद्य खानेकुरा बेचेर उपभोक्ताको स्वास्थ्यमाथि लापरवाही गरेको भन्दै बागलुङको एक खाजाघरलाई कारबाही गरिएको छ ।
बागलुङ बजारका विभिन्न संघ संस्थाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा समेत खाजाको व्यवस्थापन गर्दै आएको बागलुङ नगरपालिका–३ स्थित ‘रातोघर’ खाजाघरले म्याद गएका खाद्य सामाग्रीको प्रयोग गरि खाजा बनाउँदै आएको, भान्छा र भाँडा माझ्ने काम एकै ठाउँमा गर्दै आएको र अत्यधिक फोहोर रहेको भन्दै जिल्ला प्रशासन कार्या
जिल्ला प्रशासन कार्यालय बागलुङ, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय बागलुङ, इन्सेक बागलुङ, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, उपभोक्ता मञ्च बागलुङ र नेपाल पत्रकार महासंघ बागलुङले गरेको संयुक्त अनुगमनको क्रममा खाजाघरबाट अखाद्य वस्तु विक्रि गरेको भन्दै पहिलो पटकका लागि पाँच हजार रुपियाँ जरिबाना गरिएको हो ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिलो पटकका लागि थोरै जरिबाना सहित सचेत गराइएको भएपनि सुधार नगरिएमा थप कारबाही गरिने बताउनुभयो ।
सोही ठाउँको सेल्स मार्टमा उत्पादन र म्याद सकिने मिति समेत नराखी विक्रिका लागि राखिएको लाखमरी, गुलाबजामुन, हाजमोला नष्ट गरिएको छ ।
अनुगमन टोलिले बागलुङ नगरपालिका–१ मरेपिपल स्थित विभिन्न चार जना घरेलु उद्यमीले उत्पादन गर्दै आएको रंगिन झिनियाँ विक्रि वितरण नगर्न सचेत गराएको छ ।
उद्योग वाणिज्य संघ, पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिका कतैपनि दर्ता नगरि वर्षाैदेखि झिनियाँ उत्पादन गर्दै आएका उद्यमीलाई तत्काल उद्योग दर्ता गरि रंग नराखी उत्पादन तथा विक्रि वितरण गर्न आग्रह गरिएको छ ।
उद्यमीले झिनियाँमा प्रयोग गर्दै आएको रंग नियन्त्रणमा लिइएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय बागलुङका प्रमुख शौरभ श्रेष्ठले बताउनुभयो ।
तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रंगको प्रयोग गर्न सकिने भएपनि एक केजी खाद्य पदार्थमा ० दशमलव २ ग्राम भन्दा बढी रंगको प्रयोग गर्न नमिल्ने उहाँले बताउनुभयो ।


