INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

घोराही उमनपाका सब इञ्जिनियर घोराही उपमनपा–१७ का ४३ वर्षीय भरत केसीलाई कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले ओसिस कन्ट्रक्सनका सञ्चालक घोराही उमनपा–१४ का ४१ वर्षीय प्रकाश महतरालाई कात्तिक २१ गते गिरफ्तार गरेको छ ।

निर्माण व्यवसायी महतराले काममा ढिलाई गरिदिएको भन्दै गालीगलौज गर्दै मुक्का प्रहार गरेको पीडित केसीले बताउनु भयो । दुर्व्यवहार मुक्का प्रहार गरेको र इँट्टाले हान्न थालेपछि कर्मचारीहरुले रोकेको भन्दै पीडितले कात्तिक २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

घोराही उपमनपा–८ स्थित ढिकपुरको माविको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महतराको सम्झौता ०८० असार मसान्तमै सकिएपछि ०८० कात्तिक २० गते बसेको घोराही उमनपा कार्यपालिकाले पुनः काम सम्पन्न गर्न म्याद थप गरिदिएपछि निर्माण व्यवसायी महतरा विपत शाखामा कार्यरत सवइन्जिनियर केसीलाई काम सञ्चालनमा छिटोछरितो नगरेको भन्दै हातपात तथा दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै हातपातको विरोध गर्दै घोराही उमनपाका कर्मचारीहरूले काम रोकेका छन । हातपात गर्नेमाथि कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै असुरक्षाका कारण काम गर्न नसक्ने बताएका छन भने कात्तिक २१ गते नै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै कारबाहीको माग गरेका छन ।

अन्य

भिडियो