INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा भूकम्प पीडितलाई निशुल्क स्वास्थ्य शिविर

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको समन्वयमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका‐१ का तीन ओटा गाँउमा कात्तिक २० गते निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बारेकोट गाउँपालिका‐१ का वयलगाउँ, सिनाकोट र सिल्पाचौर गाउँका करिब चार सय जनालाई स्वास्थ्य सेवा उपलब्ध गराएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा भूकम्प पीडितलाई मनोसामाजिक परामर्श सेवा समेत उपलब्ध गराइएको इन्सेकका संयोजक सुवेदीले बताउनु भयो ।

इन्सेकको समन्वयमा श्री राधा माधव समिति नेपाल अन्तर्गत डिभाइन युथ क्लबका चिकित्सक डा. रोषनी नेपाली, जनस्वास्थ्य निरीक्षक सर्मिला सुवेदी, सिनियर अनमी निरीक्षक नारायणी शाह, ल्याव टेक्निसियन सानु उपाध्याय, मानव अधिकारका लागि महिला एकल महिला समूहका मनोविमर्शकर्ता पुष्पा रौनियार र चन्दा श्रेष्ठको टोलीले स्वास्थ्य सेवा उपलब्ध गराउनु भएको थियो ।

स्वास्थ्य शिविरमा गर्भवति, सुत्केरी, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, भूकम्पमा चोट पटक लागेका घाइते समेत अन्य बालबालिकाले सेवा लिएको डा. नेपालीले जानकारी दिनुभयो ।

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका‐१ रामीडाँडामा कात्तिक १७ गते राति केन्द्र विन्दु बनाई भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु भएको पालिकामा स्वास्थ्य शिविर संचालन गरेकोमा बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले इन्सेक र स्वास्थ्यकर्मीको टोलीलाई धन्यवाद दिनु भयो ।

भूकम्पको पराकम्प समय समयमा आइरहेकाले स्थानीय बासी डरले घर बाहिर बस्ने गरेका छन । राहतका सामाग्री सदरमुकाम केन्द्रित भएका बारेकोट गाउँपालिका‐५ का अगुवा डम्बर बहादुर सिंहले जानकारी दिनु भयो । बारेकोट गाउँपालिकामा अधिकाशं गाउँका स्थानीयबासीले तन्ना, पलास्टीक, पुराना कपडाको ओत लगायर बस्ने गरेका छन ।

भूकम्पका कारण लिम्सा आधारभूत अस्पताल पनि क्षति ग्रस्त भएको छ । अस्पताल क्षति भएका कारण बारेकोट गाउँपालिकाको लिम्सामा रहको अस्पतालले बाहिर चौरमा टेन्ट लगाएर सेवा दिइरहेको स्थानीयबासी गोपाल सिंहले जानकारी दिनुभयो ।

विद्यालयका भवनहरु पनि भत्किएका छन, गाउँमा अधिकांश व्यक्तिका घर भत्किएका छन, पशु चौपाय भूकम्पका कारण मृत्यु भएका छन । जाजरकोटको नलगाड गाउँपालिकामा मृत्यु भएका पशु चौपाय समयमा नफाल्दा गाउँमा दुर्गन्धित भएको छ । समय समयमा आउने पराकम्पका कारण स्थानीयबासी डरक्रासमा रहेका छन । भूकम्प पीडितका लागि विभिन्न निकायबाट राहतका सामाग्री प्रयाप्त मात्रमा जिल्लामा आएपनि दुर्गम ठाउँमा पुग्न सकेको छैन ।

इन्सेकको समन्वयमा भूकम्प पीडितका लागि संचालन भएको स्वास्थ्य शिविरका लागि जिल्ला अस्पतालका जाजरकोटका प्रमुख प्रतिक्षा भारती , सूचना अधिकारी कृष्ण खत्री र बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीसँग समन्वय गरी गरिएको थियो ।

Photo20231107 Jajarkot (1)

Photo20231107 Jajarkot (2)

Photo20231107 Jajarkot (3)

Photo20231107 Jajarkot (4)

Photo20231107 Jajarkot (5)

Photo20231107 Jajarkot (6)

Photo20231107 Jajarkot (7)

Photo20231107 Jajarkot (8)

Photo20231107 Jajarkot (9)

Photo20231107 Jajarkot (10) Photo20231107 Jajarkot (11)

Photo20231107 Jajarkot (12) Photo20231107 Jajarkot (14)

Photo20231107 Jajarkot (15)

Photo20231107 Jajarkot (16)

Photo20231107 Jajarkot (17)

Photo20231107 Jajarkot (19) Photo20231107 Jajarkot (20) Photo20231107 Jajarkot (22) Photo20231107 Jajarkot (23)

Photo20231107 Jajarkot (24) Photo20231107 Jajarkot (25) Photo20231107 Jajarkot (26)

अन्य

भिडियो