१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेकाे घटनाका आरोपित कर्जन्हा नगरपालिका–३ का २१ वर्षीय अशोक दास विरुद्ध पीडित पक्षले दिनएकाे उजुरी ०८० कात्तिक १६ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले दर्ता गरेकाे छ ।
आरोपितले बालिकालाई ०८० भदौ ९ गते यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयाे । तर, छोरीले पछि मात्र जानकारी गराएको हुनाले असोज २ गते उजुरी दिएको उहाँले बताउनु भयो । पीडितकाे स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा कात्तिक १५ गते भएको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटनाको जानकारी पीडित पक्षले हुलाक मार्फत पठाएको र घटना अनुसन्धान गरी पीडित पक्षलाई उजुरी सनाखत गरी मुद्दा दर्ता गरेको बताउनु भयो । घटनाका आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।