बारेकोट गाँउपालिका रामीडाँडा केन्द्र विन्दु भएर कात्तिक १७ गते मध्यरातीमा गएको ६.४ म्याग्नित्युडको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका –३ र १ नलगाड नगरपालिका, बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र छेडागाड नगरपालिकामा धनजनको ठुलो क्षति भएको छ ।
मध्यराति गएको भूकम्पमा परी नलगाड नगरपालिकाका उप प्रमुख सरिता सिहको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार हिजो राती गएको भुकम्पमा परी ९२ जनाको मृत्यु भएको बताउनु भयो ।
घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई सुर्खेत,नेपालगञ्ज पठाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रोकाले बताउनु भयो । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डौ लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताउनु भयो ।
भेरी नगरपालिका–३ पिपलडाडाँ, माथील्लो थाप्ले ,भेरी – १ को रावतगाउमा ठुलो क्षति भएको छ । रातभर नागरिक र सडक, विद्यालयको प्राङ्गनमा रात कटाएका छन् । ठाँउ ठाँउमा पहिरो गएका कारण भूकम्प प्रभावितलाई उद्धार गर्न समस्या भएको छ ।


