INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसूरमा तीन महिना कैद सजायको फैसला

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा– ५ मालेपाटनका गम्भीर सार्कीलाई जिल्ला अदालत कास्कीले तीन महिना कैद सजायको फैसला गरेको छ ।

न्यायधीश केशवप्रसाद वास्तोलाको २०८० कात्तिक १५ गतेको इजलासले तीन महिना कैद सजाय र पाँच हजार रुपियाँ क्षतिपूर्ति र तीन हजार रुपियाँ जरिवाना तिराउने फैसला भएको हो ।

पीडित बालिकालाई आरोपितले ०८० असार २३ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले असार २४ गते  जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिनुभएको थियो । पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले २३ गते नै गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको थियो ।

अन्य

भिडियो