INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा आमासहित तीन छोराछोरीको सामूहिक हत्या

छायानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा अज्ञात पक्षद्वारा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ ।

हत्याहुनेमा  २८ वर्षीया श्रीदेवी बोहोरा,  छोरा ११ वर्षीय  मनोज बोहोरा, छोरी सात वर्षीया  अप्सरा बोहोरा र पाँच महिनाकाे छोरा रहर बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभयो । श्रीदेवीका पति वैदेशिक रोजगारीमा छन् ।

घटनाकाे बारेमा  स्थानीयले  प्रहरीलाई कात्तिक १० गते बिहान १० बजेतिर खबर गरेका थिए ।  खबर पाएपछि डिएसपी थापा एक टोली लिएर घटनास्थल पुगेको  थियाे । चारैजनाको घाँटी रेटेर हत्या गरेको पाइएको प्रमुख डिएसपी  थापाले  बताउनु भयो ।

घटनास्थलको मुचुल्कासहित अनुसन्धान अघि बढाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।  घटनास्थल जिल्ला सदरमुकाम गमगढीदेखि तीन घन्टा पैदल दक्षिणपूर्वमा रहेको छ ।

शवको पोष्टमार्टमकाे लागि कात्तिक १२ गते जिल्ला अस्पतालमा राखिएकाे छ ।

अन्य

भिडियो