INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

त्रियुगा नगरपालिका-७ श्रीपुरकी २७ वर्षीया छवीमाया राईको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय पति पिटर राईलाई कात्तिक १ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० असोज ३० गते पत्नीलाई टाउकोमा कुकर प्रहार गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

छवीमायाको मृत्यु भएपछि पीडितकी दिदीले आरोपितविरूद्ध कात्तिक १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि त्रियुगा नगरपालिका-९ राजवास बैरेनीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रमेश थापाले बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा कात्तिक १ गते गरिएको छ ।

पीडित पक्षले कात्तिक १ गते शव बुझी त्रियुगा नगरपालिका-११ स्थित त्रियुगा खोलामा सद्गत गरेको छ ।

अन्य

भिडियो