२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–४ का २१ वर्षीय राहुल लोनिया र २१ वर्षीय रामधुन अहिरलाई असोज २८ गते मायादेवीबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितद्धयले ०८० वैशाख २० गते बलात्कार गरेको भन्दै पीडितले असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा, उजुरी दिनुभयो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।