INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी दिवसको अवसरमा इन्सेक पाल्पा प्रतिनिधि सम्मानित

६८ औं प्रहरी दिवसको अवसरमा इन्सेक पाल्पालाई सम्मान पत्रले सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पामा आयोजित प्रहरी दिवस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई प्रशंसा पत्रले सम्मान गर्नु भएको हो  ।

बिभिन्न समयमा प्रहरी समक्ष पुग्ने, पीडित महिला तथा विपन्नहरूलाई राहत उपलब्ध गराई  सहयोगात्मक भूमिकाको कदरस्वरुप ६८ औं प्रहरी दिवसको अवसरमा प्रशंसा पत्रले सम्मान गरिएको ब्व्होरा कदर पत्रमा उल्लेख छ ।

अन्य

भिडियो