६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–६ भगतपुर बस्ने ५८ वर्षीय रामदरत लोधलाई असोज २९ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज १६ गते मिठाई खुवाउने प्रलोभन देखाएर बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय डिएसपी मनोहरप्रसाद भट्टले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज २९ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।