२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला जलेश्वर नपा–२ का २८ वर्षीय सरफदिन कवारीलाई असोज २९ गते बुटवल बसपार्कबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर भदौ २५ गते बलात्कार गरेको र भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिने धम्की दिदै पुनः भदौ २७ गते बलात्कार गरेको भन्दै पीडितले असोज २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा, उजुरी दिनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं २९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।