INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ का ३० वर्षीय कृष्णबहादुर मगरलाई असोज २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ चैत २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० असोज २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा असोज २८ गते गरिएको छ ।

अन्य

भिडियो