INSEC Online

📅 २०८३ जेष्ठ २२

आन्दोलित विद्यार्थीहरूले प्रिन्सिपललाई नजरबन्द गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा स्थलगत अनुगमन

युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटल, भैरहवाका विद्यार्थीहरूले असोज २२ गते देखि कलेजका प्रिन्सिपल डा. लक्ष्मी पाठकलाई कार्यकक्षमै नजर बन्द गरेको घटनाको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकलेसंयुक्तरुपमा असोज २७ गते  स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा विद्यार्थीहरूले कलेज प्रशासनले लागु गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने प्रिन्सिपल लक्ष्मी पाठकले राजिनामा दिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएको, विद्यार्थीहरूले लक्ष्मी पाठक राजिनादे, फेसबुके प्रिन्सिपल चाहिदैन जस्ता लगायतका पर्चाहरू टाँसेको  पाइयो ।

प्रिन्सिपल पाठकले एबीबीएस तेस्रो, चौथो, पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीका लागि नयाँ ड्रेस कोड लागू गरेपछि ड्रेस कोड आफूहरुलाई मान्य नहुने अडानसहित विद्यार्थीहरूले आन्दोलन गरेको र माग पुरा नभएसम्म आफूहरूले आन्दोलन नरोक्ने र पाठकलाई बाहिर आउन नदिने आन्दोलनरत विद्यार्थीहरूको भनाइ रहेको छ ।

विद्यार्थीहरूले पाठकले आफूहरूलाई अनावश्यक तनाव समेत दिएको आरोप लगाएका छन् ।  ‘प्रिन्सिपलले विभिन्न बहानामा विद्यार्थीहरुलाई दुख दिनुभयो,’ ‘हामीले हप्तादिनदेखि आन्दोलन गरिरहेका छौँ । उहाँले हामीसँग बार्ता गर्न चाहनु भएको छैन । केही दिनअघिसम्म हामी उहाँसँग कुरा गरेर समस्या समाधान गर्न चाहन्थ्यौं तर उहाँले हामीसँग कुरा गर्न चाहनु भएन । अब बार्ता होइन, उहाँको राजीनामा माग गरेका छौं ।’ विद्यार्थीहरूले एकै स्वरमा भने । विद्यार्थीहरूले नाम उल्लेख नगरिदिनु भन्दै ड्रेस कोड लागु भएका कारण मात्र हामीहरू आन्दोलित भइका होइनौ प्रिन्सिपलले विद्यार्थीहरूको परीक्षा रोकिदिने र दुर्व्यवहार गर्ने गरेको आरोप लगाए ।

कलेजकी प्रिन्सिपल डा.पाठकले ड्रेसकोड लगाउन भनेकै कारण आफूलाई कार्यकक्षमा घेरा बन्दी गरेर बन्धक बनाएकोले आफूमाथि विद्यार्थीहरूले ज्यादति गरेको बताउनु भयो । डा. पाठकले समस्या परेका विषयमा छलफल गर्न पनि नमान्ने र आफूलाई असोज २२ गतेदेखि कार्यकक्षमा बन्द गरेर राखेकोले आफ्नो व्यक्तिगत सरसफाई, हिडडुल गर्न पाउने अधिकार लगायतका वञ्चित भई मानसिकरुपमा विक्षिप्त भएको बताउनु भयो ।

पीडित प्रिन्सिपलले आफुलाई बन्धक बनाएको कोठामा रातभर लाइन काटिदिने, ठूलो स्वरमा साउण्ड बजाइदिने र बाहिरबाट वालमा हानेर आफूलाई मानसिक यातना दिएको बताउनु भयो ।

घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राजनीतिक दल, मेडिकल कलेजका सञ्चालक, व्यवसायीहरू, पत्रकार,सुरक्षाकर्मी र मानव अधिकारकर्मीसँग असोज २७ गते बैठक राखी मेडिकल कलेजमा भइरहेको घटनाका विषयमा नजर बन्दमा राखिएकी प्रिन्सिपलको उद्दार र आन्दोलनरत विद्यार्थीहरूको मागलाई सम्बोधन गर्ने विषयमा विद्यार्थीहरूसँग छलफल गरे पनि विद्यार्थीहरू सहमत नभएको बताउनु भयो ।

अस्पतालका सूचना अधिकृत सुनिल गुरुङले विद्यार्थीहरूको आन्दोलनका कारण अस्पतालका प्रशासनिक काम बन्द भएकाले चार्ड पर्वको समयमा समस्या भएको बताउनु भयो ।

राष्टिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय, बुटवलका मानव अधिकार अधिृकतद्वय दिपक ठाकुर, अजित ठाकुर र इन्सेक रूपन्देही प्रतिनिधि रीमा बिसीले अनुमगन टोलीमा रहनु भएको थियो ।

photo2023101501rupandehi

अन्य

भिडियो