INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ र १४ वर्षीया दुईजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल सैनामैना नगरपालिका–९ घरभई तिलोत्तमा नपा–१ ड्राइभरटोल बस्ने ३७ वर्षीय सोमनाथ गौतमलाई असोज २४ गते तिलोत्तमाबाट गिरफतार गरेको छ ।

पीडितद्धयलाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  असोज २४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी दानबहादुर थापाले बताउनु भयो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण असोजं २४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएकोे छ ।

अन्य

भिडियो