INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरुद्धको उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित क्षिरेश्वरनाथ नगरपालिका–८ इच्छापुराका २५ वर्षीय ईश्वर महतो विरुद्ध ०८० असोज २३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा पीडित पक्षले दिएको उजुरी प्रहरीले असोज २४ गते दर्ता गर्‍यो ।

खेतमा एक्लै घाँस काट्नुका साथै बाख्रा चराइरहेकी पीडितलाई आरोपितले उखुबारीमा लगि बलात्कार गरेको पीडिते बताउनु भयो । पीडित अनुसार आरोपितले असोज २० गते बलात्कार गरेको हो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

आरोपित विरुद्धको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिपक कार्कीले बताउनु भयो ।

अन्य

भिडियो