३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारतको उत्तरप्रदेशस्थित पलिया बजारका ६० वर्षीय हसरत अलीलाई ०८० असोज २१ गते गिरफ्तार गरेको छ ।
पीडित महिला घरमा एक्लै भएको अवस्थामा असोज २१ गते आरोपितले बलात्कारको प्रयास गरेको पीडितका पतिले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा असोज २१ गते ओरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २१ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितका पतिले बताउनु भयो ।