INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शर्मा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मानव अधिकार संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

इन्सेकको आयोजनामा असोज १३ गते मानव अधिकारको संरक्षण र सम्वर्द्धनमा पत्रकारिताको भूमिका विषयक दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री शर्माले मानव अधिकार के हो ? के होइन, भनेर बुझ्दा सूचकहरु आवश्यक रहेकोे बताउनुभयो । सरकारले आजदेखि भोलिसम्मको विषयलाई हेरेर मानव अधिकारमैत्री बनाउने बताउनुभयो । उहाँले स्वतन्त्रता भनेको बुझाइ, दृष्टिकोण र यथार्थमा रुपान्तरण हुने कुरा भएको उल्लेख गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र पूर्वाधारको नाराका साथ मानव अधिकारको रक्षाका गर्न लागि परेको बताउनुभयो ।

मुख्यमन्त्री शर्माले गरिबीका कारण अधिकारको हनन् भएको बताउँदै त्यसलाई कसरी माथि उठाउने ? भन्ने विषयलाई पच्छ्याएर सरकारले नीति तथा कार्यक्रम अगाडि ल्याएको बताउनुभयो । समाजलाई दक्ष जनशक्ति उत्पादन गर्ने  शिक्षा क्षेत्र नै कमजोर भएकोे बताउनुभयाे ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले पत्रकारिता र मानव अधिकार एउटै डुङ्गाका यात्री रहेकोले सहकार्य गर्न जरुरी रहेको औंल्याउनुभयो ।

पछिल्लो समयको सामाजिक सञ्जाल र प्रविधिले पत्रकारितालाई चुनौती रहेको भन्दै पठनयोग्य सामग्री उत्पादन गरे त्यसको प्रभाव पर्ने उहाँले बताउनुभयो । तागत भएका सामग्री ल्याउन पत्रकारहरुलाई उहाँले अनुरोध गर्नुभयो । भ्रामक समाचारबाट बच्नुपर्ने, जनसरोकारका विषयमा खोज रिपोर्टिङ्ग गरे पत्रकारिताको भविष्य राम्रो रहेको बताउनुभयो ।

ज्ञान, सिप र समय आवश्यक रहेको भन्दै पत्रकार अग्रपंतिको मानव अधिकार रक्षक रहेकोले सबैजना मिलेर सँगसँगै अगाडी बढ्नुपर्ने उहाँको सुझाव छ ।

डिसिएका कार्यक्रम व्यवस्थापक सुर्यकुमारी सुनारले पत्रकारिता मार्फत सरोकारवाला निकाय र समुदायलाई जिम्मेवार बनाउने काम गर्ने हुँदा यो तालिम उपलब्धीमूलक हुने बताउनुभयो ।

उहाँले मानव अधिकारको रक्षा गर्ने सवालमा पत्रकारिताको महत्वपुर्ण भूमिका रहेको भन्दै तथ्यमा आधारित रहेर मानवअधिकारको सवालमा रिपोर्टिङ्ग गर्न अनुरोध गर्नुभयो । स्वागत मन्तब्य राख्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विगतदेखि हालसम्म गर्दै आएका कामहरुको बारेमा जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघकका केन्द्रीय सदस्य दिपेन्द्र शर्माले यो तालिमले कर्णालीमा मानव अधिकारका सवालमा केही सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै गरी , इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले समाजमा घट्ने विभिन्न घटना परिघटनालाई मानवअधिकारसँग जोडेर रिपोर्टिङ्ग गर्न सहज होस् भनेर यो तालिमको आयोजना गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशका सात जिल्ला सुर्खेत, दैलेख, रुुकमपश्चिम, सल्यान, जाजरकोट, जुम्ला र कालिकोट गरी ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

दुई दिनसम्म तालिमको सहजिकरण आरआर क्याम्पस पत्रकारिता र आमसञ्चार विभाग प्रमुख डा. श्रीराम पौडेल, मध्यपश्चिम विश्वविद्यालय आमसञ्चार र पत्रकारिताका उपप्रध्यापक युवराज शर्मा र केशवी जोशीले गर्ने इन्सेकका कार्यक्रम संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।

Photo20230930 Surkhet (5)

Photo20230930 Surkhet (9)

Photo20230930 Surkhet (3)

Photo20230930 Surkhet (2)

Photo20230930 Surkhet (4)

Photo20230930 Surkhet (6)

Photo20230930 Surkhet (7)

Photo20230930 Surkhet (10)

Photo20230930 Surkhet (8)

Photo20230930 Surkhet (1)

अन्य

भिडियो