१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मायाँदेवी गाउँपालिका –५ लुहठहवाका २२ वर्षीय निलेश हरिजनविरूद्ध असोज ७ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले असोज ४ गते बलात्कार गरेको भन्दै उजुरी दिएको र मौखिक जानकारीको आधारमा आरोपितलाई असोज ६ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मर्चवारका इन्स्पेक्टर रेशमप्रसाद आचार्यले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोजं ७ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।