मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि कुटपिट गरेको आरोपमा पोखरा महानगरपालिका– ५ मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको छ ।
५७ वर्षीया सुकमाया दुरालाई सामान्य ज्वरो आएपछि उपचारका लागि असोज ७ गते मणिपाल शिक्षण अस्पताल ल्याइएकोमा उपचारको क्रममा असोज ८ गते निधन भएपछि उहाँका आफन्त उपचारमा लापरवाही भएको भन्दै विरोधमा उत्रिएर विवाद भएपछि डाक्टरमाथि कुटपिट भएको हो ।
सोही विवादका क्रममा गुरुङले डाक्टर शाहमाथि कुटपिट गरेको सीसी टीभी फुटेजमा देखिएपछि प्रहरीले गुरुङलाई गिरफ्तार गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेका कास्की जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार बि.कले जानकारी दिनुभयो ।