१० वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई असोज ७ गते तीन महिना कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले आरोपितलाई तीन महिना कैद र २ हजार ५ सय रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार शिवबहादुर थापाले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० असार २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई असार २७ गते घरबाट गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार २७ गते पाल्पा अस्पतालमा गरिएको थियो ।