१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका २५ वर्षीय भक्तिराम कँडेललाई प्रहरीले असोज ५ गते वीरेन्द्रनगर बजारबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई भदौ ३० गते विहान स्कुल जाने बेला आरोपितले टेम्पोमा राखी कांक्रेबिहारको जंगलमा लगेर बलात्कार गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
आरोपित विरुद्ध पीडितले भदौ ३० गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ३० गते प्रदेश अस्पतालमा भएको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शाहीले बताउनुभयो ।