INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते  गिरफ्तार गरेको छ ।

आफ्नै घरमा बत्ती कातेर बसीरहेको अवस्थामा आरोपितले टाउँकोमा  खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर  नवराज केसी  बताउनु भयो ।

आरोपितले ४५ वर्षीय बिरबहादुर हमाल र ६५ वर्षीय कमलाकुमारी हमाललाई समेत खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको  छ ।

शवको पोष्टमार्टम असोज ६ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो