INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई फरक—फरक ठाउँमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चपुरी नपा—६ का १९ वर्षीय महेन्द्र सार्की, १५ वर्षीय तीन जना र १६ वर्षीय एक जना बालकलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ ।

छिमेकीको घरमा जन्मदिनको अवसरमा असोज ४ गते गरिएको नाचगान हेर्न गएकी बालिकालाई पाँच जनामध्ये तीनजनाले बलात्कार गरेको, एक जनाले बलात्कार गर्ने प्रयास गरेको र एक जना मतियारको रुपमा लागेको पीडित पक्षले प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा असोज ५ गते जाहेरी दिएका छन । आफूलाई असोज ४ गते राति ९ बजे महेन्द्रले जबरजस्ती करणी गर्न खोजेको, त्यसपछि सोहीदिनको ११ बजे महेन्द्र र अन्य एक १५ वर्षीय आरोपितले पालैपालो बलात्कार गरेको र असोज ५ गते बिहान २ बजे १६ वर्षीय थप एक आरोपितले बलात्कार गरेको पीडितले बताएकी छन् ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ६ गते प्रदेश अस्पताल सुर्खेतमा भएको छ । घटनाका आरोपित सबैलाई गिरफ्तार गरी विस्तृत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसन्धान अधिकृत कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।

अन्य

भिडियो