INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका– ७ ओयाकगाउँका ३० वर्षीय सुजन परियारलाई प्रहरीले २०८० भदौ ३१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई २०८० भदौ २५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले भदौ ३१ गते दिएको जाहेरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध भदौ ३१ गते नै बाल यौन दुर्व्यवहार कसुर शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ३१ गते नै जिल्ला अस्पताल गोरखामा गरिएको थियो ।

 

अन्य

भिडियो