INSEC Online

📅 २०८३ जेष्ठ २१

फुजेल हत्या प्रकरणः पेसी साउन ३१ गतेलाई सर्‍यो

असार २८ गते बुधबारका लागि पेसी तोकिएको गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा १५ औँ पटक पुनः अर्को पेसी मिति तोकिएको छ ।

जिल्ला अदालत चितवनका सूचना अधिकारी केशव पौडेलका अनुसार ०७४ साउन ३१ गते मङ्गलबारका लागि पेसी चढेको छ ।

बिसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिएका थिए ।

त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी उजुरी दिएका थिए । अधिकारीलाई माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते अपहरण पछि हत्या गरिएको थियो ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनसनरत आमा गङ्गामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदार सहितको टोलीले गत असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग बकपत्र गरेका थिए ।

अन्य

भिडियो