२४ वर्षीया महिलालाई बलात्कार र ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वुद्धशान्ति गाउँपालिका-३ किनारावस्तीका ३७ वर्षीय होमबहादुर विश्वकर्मालाई भदौ २१ गते गिरफ्तार गरेको छ ।
११ वर्षीया बालिकालाई आरोपितले ०८० भदौ १८ गते यौन दुर्व्यवहार र २४ वर्षीया महिलालाई भदौ १५ गते ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते इलाका प्रहरी कार्यालय, धुलावारीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
बालिका र महिलाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ २१ गते गरिएको छ ।