INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका–४ टाङटिङका २३ वर्षीय विवेक अधिकारीलाई भदौ २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २० गते इलाका प्रहरी कार्यालय, अनारमनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा भदौ २० गते गरिएको छ ।

अन्य

भिडियो