INSEC Online

📅 २०८३ जेष्ठ २१

चौतारा जेलबाट बेपत्ता पारिएका परिवारले न्यायका लागि पहल गरिदिन इन्सेकलाई आग्रह

साबिक जेठल गाविस-६ हाल लिसङ्खुपाखर गाउँपालिका-५ की कालीमायाँ श्रेष्ठले बेपत्ता छोरीको न्यायका लागि पहल गरिदिन ०८० भदौ ३१ गते इन्सेकसँग आग्रह गर्नुभएको छ ।

Photo_080-6-1_Sindhupalchok
नक्कली श्रेष्ठ

कालिमायाँ श्रेष्ठकी छोरी १८ वर्षीया नक्कली श्रेष्ठलाई सेनाले ०६० माघ २१ गते माओवादी भएको आरोपमा चौतारा जेलबाट बेपत्ता बनाएका थिए ।

जेलबाट बेपत्ता भएकी नक्कली श्रेष्ठलाई ०५९ फागुन १४ गते सेनाले पिस्करबाट नुहाउँदै गरेको अवस्थामा माओवादीको आरोपमा गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका पीडितलाई नौ महिना जेलमा नजरबन्दमा राखेपछि जेलबाटै बेपत्ता बनाएको पीडितकी आमाको आरोप छ ।

सरकारले जेलमा राखेको आफ्नो छोरीकोे हालसम्म पनि कहीँ कतैबाट खबर नभएकोले खोजिका लागि पहल गरिदिन इन्सेकलाई आग्रह गरेको कालिमायाँ श्रेष्ठले बताउनु भयो ।

छोरी बेपत्ता भएको खबरको पीडाले बुबा रत्नबहादुर श्रेष्ठको पनि छोरी बेपत्ता भएको दुई वर्षपछि मृत्यु भएर आफू एक्लो जीवन बिताउनु परेको बेपत्ताकी आमा कालिमायाँले इन्सेकलाई बताउनु भयो ।

Photo_080-6-1_Sindhupalchok1
बेपत्ता छोरीको खोजीका लागि पहल गरिदिन इन्सेक प्रतिनिधिसँग आग्रह गर्दै कालिमायाँ श्रेष्ठ

अन्य

भिडियो