६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–१ बनखेत बस्ने ५३ वर्षीय कुलबहादुर विकलाई भदौ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २९ गते बलात्कार गरेको भन्दै दिएको मोखिक उजुरीका आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका इन्स्पेक्टर अजयजंग थापाले बताउनु भयो ।
पीडितका आफन्तले भदौ ३० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी. ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ३० गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।