सम्सी गाउँपालिका–१ पर्साकी २६ वर्षीया सकुन्तला देवी सदालाई कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडितले ३५ वर्षीय पति राजन सदा ५० वर्षीय ससुरा फागु मुसहर विरुद्ध भदौ २७ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र महोत्तरीमा उजुरी दिएकी छिन् ।
पीडित सकुन्तला देवीले ससुर र पतिले आफूलाई गालीगलौच तथा कुटपिट गर्नुका साथै परिवारसँग बस्न नदिएपछि सेवा केन्द्रमा उजुरी दिएको बताउनु भयो ।
आरोपित पतिले आफ्ना आमा बुबाको कुरा सुनी आफुलाई कुटपिट तथा गालीगलौच गरेको पीडितले बताउनु भयो ।
आरोपित फागु सदाले छोरा राजन सदाको अर्को विवाह गर्ने भनि पीडित सकुन्तला देवीलाई कुटपिट गरी घरनिकाला गरेको पीडित परिवारको आरोप छ ।
घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमाजिम कारबाही गर्ने जिल्ला प्रहरी कार्यालयका असई भरत ठाकुरले जानकारी दिनु भयो ।