१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी साँस्कृतिक नपा–२ का ३५ वर्षीय धर्मेन्द्र गुप्तालाई भदौ २७ गते घरबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितले भदौ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।
पीडितका अनुसार बुवा आमा रातको समयमा नजिकैको पसल कुर्न गएको र घरमा कोही नभएको बेला आरोपितले यौन दुर्व्यवहार गरेका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर कञ्चन तामाङ्गले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएकोे छ ।
यसैगरी, १४ बर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय बालकलाई भदौ २७ गते गाउँघरबाट गिरफतार गरेको छ ।
पीडितलाई आरोपितद्वयले भदौ २४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ २७ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।
पीडित साइकलमा एक्लै घर जाँदै गरेको अवस्थामा आरोपितले बाटो छेकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षले बताए ।
उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङ्गले फोन मार्फत बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २६ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।