INSEC Online

📅 २०८३ जेष्ठ २१

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव न. १३२५ र १८२० कार्यान्वयन जिल्ला निर्देशन समिती गठन, इन्सेक सदस्यमा चयन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयूक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि जिल्ला निर्देशन समिती भदौ २७ गते गठन भएको छ  । समितीको सदस्यमा इन्सेकलाई चयन गरिएको छ ।

जिल्ला समन्वय समिती रूपन्देहीका प्रमुख उमाकान्त चपाईको संयोजकत्वमा १३ सदस्यीय जिल्ला निर्देशन समिती गठन भएको हो । समितीमा सहायक प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख, शिक्षा समन्वय इकाई प्रमुख, सरकारी वकिल, गैसस महासंघ अध्यक्ष, द्धन्द्ध पीडित महिला दुई जना, इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसी, जिल्ला अस्पतालको ओसिएमसी, जिल्ला बार र माईती नेपाल र सदस्य सचिव समन्वय अधिकारी रहनु भएको छ ।

जिल्ला निर्देशन समितीले राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्नकालागि स्थानीय तहहरूबीच समन्वय गर्ने, स्थानीय तहहरूभित्र सञ्चालित कार्ययोजनासँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कन गर्ने काम गर्दछ ।

त्यस्तै राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा स्थानीय तहमा प्राप्त सुझावहरू प्रदेश र राष्ट्रिय निर्देशन समितीमा पठाउने र कार्ययोजनासम्बन्धी प्रगति प्रदेश र राष्ट्रिय निर्देशन समिती पठाउने काम गर्नेछ ।

समितीले राज्यका निकायहरूमा महिलाको उल्लेख्य सहभागिता भएता पनि उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चिता गर्न, राज्यका अन्य निकायहरू, जस्तो सुरक्षा, सञ्चार, उद्योग, व्यापार, निजी क्षेत्र र अन्य विभिन्न पेशागत क्षेत्रहरूमा समेत महिलाको सहभागिता वृद्धि गर्नका लागि सहजीकरण समेत गर्नेछ ।

अन्य

भिडियो