INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

त्रियुगा नगरगरपालिका-११ की १५ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-१० का २७ वर्षीय अनिल शिवालाई भदौ २६ गते र सिरहा, लहान नगरपालिका-१९ का २८ वर्षीय सतिशकुमार यादवलाई ०८० भदौ २४ गते गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपित यादवले प्रदेश नं. ३-०२-२२ प ५०१० नं. को मोटरसाइकलमा राखेर लहानहुँदै भारततर्फ लैजाने प्रयास गर्दा त्रियुगा नगरपालिका-६ डाँटबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले बताउनु भयो ।

यादवलाई गिरफ्तार गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा अर्का आरोपित अनिल शिवाको सूचना दिएपछि अनुसन्धानका लागि शिवालाई समेत गिरफ्तार गरिएको डिएसपी चौधरीले बताउनु भएको छ ।

अन्य

भिडियो